काठमाडौँ । राष्ट्रिय योजना आयोगमा मुख्य सचिव सरहको जिम्मेवारीमा रहेका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् ।केही समय अघि मात्र भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट सफाइ पाएर जिम्मेवारीमा फर्केको एक दिन पछि पदबाट अर्यालले राजीनामा दिएका हुन् ।
आइतबार मात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले आज सोमबार राजीनामा दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्याल केही समयदेखि हाजिर कहाँ हुने अन्योल भएपछि घरमै बसेका थिए । सरकारसँग छलफलपछि उनले राजीनामा दिएको बुझिएको छ ।