Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

एडीबीको सहयोगमा बन्ने सिद्धार्थनगरको सडक निर्माण ठेक्का इकेके इन्फ्रास्ट्रक्चरलाई दिइयो

एडीबीको सहयोगमा बन्ने सिद्धार्थनगरको सडक निर्माण ठेक्का इकेके इन्फ्रास्ट्रक्चरलाई दिइयो

  • काठमाडौँ ।  रुपन्देहीको सिद्धार्थनगरमा अर्ब रुपैयाँ बढीको सडक निर्माण  ठेक्का ईकेके इन्फ्रास्ट्रक्चरले पाएको छ । सडक, फुटपाथ र ड्रेनेज बनाउन ९ कम्पनीले आवेदन दिएकामा ईकेके इन्फ्रास्ट्रक्चरलाई छनोट गरिएको हो।ईकेके इन्फ्रास्ट्रक्चरका अलावा शर्मा एण्ड कम्पनी, कालिका कन्स्ट्रक्सन, एआईपीएल–एनएएनसी जोइन्ट भेन्चर, एसपीजीसी–कुमार जेभी, विजय कन्स्ट्रक्सन इन्डिया प्रालि, रमन कन्स्ट्रक्सन, जीयाङछी–बानिया जेभी र आशिष निर्माण सेवा प्राविधिक मूल्यांकनमा योग्य ठहरिएका थिए।यी कम्पनीहरुमध्ये सबैभन्दा कम रकम प्रस्ताव गरेका कारण ईकेके इन्फ्रास्ट्रक्चरलाई छनोट गरिएको छ । यो कम्पनीले १ अर्ब १८ करोड १५ लाख रुपैयाँ प्रस्ताव गरेको थियो। शहरी विकास मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन ईकाईको अनुमतिपछि नगरपालिकाले ठेक्काका लागि गत चैतमा टेण्डर आह्वान गरेको थियो।

    निर्माण कम्पनीले नगरपालिका क्षेत्रमा डण्डा नदीलाई सडक, फुटपाथ, नाला, साइकल लेनसहित करिडोरको रुपमा विकास गर्नेे छ।सरकारले सिद्धार्थनगर नगरपालिकासहित सात पालिकामा पूर्वाधार निर्माणका लागि एसियाली विकास बैंक (एडीबी)सँग यसअघि नै ६ अर्ब रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिने सम्झौता गरिसकेको छ।सम्झौता अनुसार ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभमेन्ट परियोजना’ संचालनमा छ । यस अन्तर्गत पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका तथा लुम्बिनी सांस्कृतिक, सैनामैना, तिलोत्तमा र देवदह नगरपालिकामा पनि सडक विस्तारको काम हुनेछ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij