Logo

Nov 19 2024 | २०८१, मंसिर ४गते

images

युक्रेनमा पुनः रूसी हमला सात जनाको मृत्यु : जेलेन्स्की


नया सडक

२०८१, मंसिर ४ मंगलबार

  • 69
    Shares

  • युक्रेनमा पुनः रूसी हमला सात जनाको मृत्यु : जेलेन्स्की

    किएभ । सुमीको पूर्वी युक्रेनी क्षेत्रमा भएको रुसी हमलामा एक जना बालकसहित सातको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार बताउनु भएको छ ।  

    सुमी रूसको कुर्स्क क्षेत्रको सीमामा अवस्थित क्षेत्र हो जहाँ युक्रेनी सेनाले गत अगस्टमा  आक्रमण गरी धेरै भूभाग कब्जा गरेको थियो ।

    सोमबार राति, ड्रोनले प्रहार गरी एक स्थानीय शैक्षिक संस्थाको छात्रावास ध्वस्त पारेको उल्लेख गर्दै आक्रमणमा हाल सम्म एक बालकसहित सात जनाको मृत्यु भएको  जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको हो । 

    उहाँले घटनास्थलबाट पोस्ट गरेको भिडियोमा उद्धारकर्मीहरूले भग्नावशेषको छानविन गदै गरेको तथा आक्रमणमा मृत्यु भएकाहरुलाई  निकालिरहेको देखाइएको थियो ।

    उहाँले आक्रमणमा “दुई बालकसहित दश जनाभन्दा बढी घाइते भएको  र अझै पनि भग्नावशेषमुनि मानिसहरू फसेका हुन सक्ने बताउनु भएको छ ।   

    सुमीमा रूसी क्षेप्यास्त्र हमलाबाट एक बालकसहित आठ जनाको मृत्यु भएको दुई दिनपछि यो आक्रमण भएको हो । रूसको निरन्तरको आक्रमणले सिमा नजिकैका सम्पूर्ण जिल्लाहरूलाई अति प्रभावित बनाउनुका साथै युक्रेनमा ऊर्जा सुविधाहरू ध्वस्त पारेको छ ।

    प्रतिक्रिया दिनुहोस