Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

शेष घलेसहित उच्चस्तरीय बैठक बस्न जाँदा एनआरएनएको कार्यालयमा ताला, बैठकको लागि विकल्प खोज्दै घले

शेष घलेसहित उच्चस्तरीय बैठक बस्न जाँदा एनआरएनएको कार्यालयमा ताला, बैठकको लागि विकल्प खोज्दै घले

  • काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष शेष घलेले कार्यालय बन्द गर्ने अकल्पनीय भएको बताएका छन् ।बद्री केसी पक्षबाट कार्यालय बन्द भएको कार्यलाई संयोजक घलेले नसोचेको कार्य भनी टिप्पणी गरेका हुन् । सर्वोच्च अदालतको फैसला बमोजिम एनआरएनएलाई मिलाएर लैजाने उद्देश्यका साथ आफूले मंगलबार उच्चस्तरीय समितिको बैठक बोलाएको र घले सो बैठक गर्न जाँदा कार्यालय बन्द भएको पाए ।

    मंगलबार उच्चस्तरीय समितिको बैठकका लागि उनी कार्यालयमा पुगेपनि कार्यालय बन्द गरेर बद्री केसी पक्षले  निर्धारित बैठक भाँडेको छ ।घलेले बालुवाटारस्थित कार्यालय परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा बैठक गर्न अब विकल्प खोजिरहेको बताए ।उनले आजको बैठकमा एकताको महाधिवेशनको मिति तोक्नेबारे छलफल हुने र सोहीअनुसार निष्कर्ष निकालेर यो पहल अगाडि बढाउने बताए ।८० लाख गैरआवासीय नेपालीको साझा भवन बन्द गरिनु गलत भएको बैठकमा सहभागी हुन पुगेकाहरूले बताएका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij