काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा अर्को साता सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।बैंकका अधिकारीहरूका अनुसार विदेशबाट गभर्नर महाप्रसाद अधिकारी फिर्ता भएपछि अर्को साता सार्वजनिक गर्ने तयारी भइरहेको हो ।
गभर्नर अधिकारी भारतीय रिजर्भ बैंक (आरबीआई)को कार्यक्रममा सहभागी हुन बुधबार भारत गएका छन्। कार्यक्रम शुक्रबारसम्म चल्नेछ। उनले मौद्रिक नीतिको समीक्षाका लागि अहिलेसम्म बैंकभित्र छलफल चलाएका छैनन्।
उनीहरूका अनुसार मौद्रिक नीतिको समीक्षाबारे अहिलेसम्म कुनै छलफल भएको छैन। विदेशबाट गभर्नर फिर्ता भएपछि यसबारे छलफल हुने छ । अर्को साता मात्र मौद्रिक नीति समीक्षा सार्वजनिक हुनेछ ।प्रत्येक त्रैमासिक समाप्त भएको ४५ दिनभित्र मौद्रिक समीक्षा गर्नुपर्ने व्यवस्था रहेको छ । यो व्यवस्था अनुसार मंसिर १५ सम्म समीक्षा सार्वजनिक गर्नुपर्छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij