काठमाडौं । कोष ब्यवस्थापन कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा मङ्सिर २९ गते गर्ने भएको छ ।
सभा कृषि विकास बैंकको मुख्य कार्यालयको सभाहल रामसाहपथ काठमाडौंमा बिहान ११ः३० बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।