Logo

Jan 17 2025 | २०८१, माघ ४गते

Jan 17 2025 | २०८१, माघ ४गते

images
नयाँ सडक खोज

१२ हजार केजी  कपडाको गलत वर्गीकरण गरेर छाड्दा वीरगञ्ज भन्सारमा भूकम्प, भन्सार विभागमा धक्का, राजस्व अनुसन्धान विभागमा अनुसन्धान , अब के हुन्छ ?

१२ हजार केजी  कपडाको गलत वर्गीकरण गरेर छाड्दा वीरगञ्ज भन्सारमा भूकम्प, भन्सार विभागमा धक्का, राजस्व अनुसन्धान विभागमा अनुसन्धान , अब के हुन्छ ?

  • वीरगञ्ज/काठमाडौँ । १२ हजार १सय केजी कपडाको गलत वर्गीकरण गरेर न्यून भन्सार जाँचपास गरेर छुटाउँदा  वीरगञ्ज भन्सार कार्यालयमा भूकम्प गएको छ ।कार्तिकको दोस्रो हप्ता छिमेकी मुलुक चाइनाबाट आएको कपडाको गलत वर्गीकरण गरेर छुटाउँदा भन्सार विभागसम्म त्यसको पराकम्पन गएको हो ।चाइनाबाट आएको पोलार कपडालाई भेलभेट कपडा भनेर मूल्यांकन  गरी पास गराएपछि उक्त मुद्दा अहिले राजस्व अनुसन्धान विभागमा अनुसन्धानको प्रक्रियामा छ ।  वीरगञ्ज भन्सार कार्यालयले अन्नपूर्ण ट्रेड लिंकको नाममा आएको पोलार कपडालाई भेलभेट कपडाको मूल्यांकन गरेर छाड्दा विवाद सतहमा आएको हो । भन्सारको मूल्यांकनमा पोलार कपडा किलोमा छुटाउने गरिएको छ । तर वीरगञ्ज भन्सार कार्यालयले पोलार कपडालाई भेलभेट कपडा भनी मिटरमा छोडेको हो । 

    पोलार कपडाको भन्सार मूल्यांकन प्रतिकेजी कम्तीमा २.५ अमेरिकी डलर छ । तर भेलभेट कपडाको मूल्यांकन मिटरमा ७५ देखि ९० अमेरिकी सेन्ट  रहेको छ । चाइनाबाट आएको १२ हजार १ सय मिटर पोलार कपडाको मूल्यांकन किलोमा गरिनुपर्नेमा भेलभेटमा वर्गीकरण गरी मूल्यांकन गर्दा राज्यलाई ठुलो भन्सार राजस्व नोक्सानी भएको छ ।वीरगञ्ज भन्सार कार्यालयबाट चेकजाँच गरी छाडिएको कपडा राजस्व अनुसन्धान विभागले विशेष सूचनाको आधारमा समातेर अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले बताए । घिमिरेले विस्तृत अनुसन्धानको प्रक्रियामा रहेकोले अहिले नै यसै भन्न नसकिने बताए ।

    राजस्व अनुसन्धान विभागले वीरगञ्ज भन्सार कार्यालयबाट भन्सार चेकजाँचपास गरी छाडिएको १२ हजार १ सय पोलार कपडा अनुसन्धानका लागि विभागमा ल्याएपछि अनुसन्धान विभागले भन्सार विभागको ल्याबलाई के कपडा हो त्यसको पहिचान मूल्यांकन के हो परीक्षण गरेर रिपोर्ट पठाउन भन्यो । तर भन्सार विभागको ल्याबले गोलमटोल जवाफ दिएपछि  अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागसमेत अन्यौलमा परेको छ ।वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक , भन्सार अधिकृत प्रकाश निरौँला , नायब सुब्बा गोविन्द अधिकारीलगायतको टिमले जाँचपास गरेर छाडिएको कपडाको मूल्यांकनमा झण्डै करोडको फरक आउँछ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले वर्गीकरणमा फरक भएपनि ठुलो फरक नपर्ने बताए । 

    राजस्व अनुसन्धान विगागले १२ हजार १ सय केजी पोलार कपडाको गलत मूल्यांकन गरेर छाड्ने भन्सारका कर्मचारीलाई अनुसन्धानको घेरामा राखेको बताइएको छ । राजस्व अनुसन्धान विभागले यसअघि ग्यास चुलाका पार्टपुर्जाहरूको कम मूल्यांकन गरेर छाड्ने वीरगञ्ज भन्सारका कर्मचारीसँग  बयान लिएको थियो । भन्सार विभागको सूचना अधिकारीको समेत जिम्मेवारी लिएका राजेन्द्र हमालले यस विषयमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेकोेले भन्सार विभागले अहिले नै केही भन्न नपर्ने बताए । भन्सार ऐनको दफा ५७  बमोजिम यो मुद्दाको कारबाही हुने हो कि अन्य ऐन कानुनलाई टेकेर सहजीकरण गरिने हो त्यो भने अनुसन्धानकै क्रममा रहेकोले यसै भन्न नसकिन भन्सारका एक अधिकारीले नयाँ सडकलाई बताए ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij