Logo

Nov 26 2024 | २०८१, मंसिर ११गते

images

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा पुस ४ गते


नया सडक

२०८१, मंसिर ११ मंगलबार

  • 99
    Shares

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा पुस ४ गते

     

    काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पुस ४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको आइतबार  बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा कार्की ब्यांक्वेट, बबरमहल हाइट, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

    कम्पनीले यसपटक भने लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।यो पटक सेयरधनीको हात खाली हुनेछ । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । 


    सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस