
काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ११ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली व्याङ्केट, भाटभटेनी, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको अधिकृत पूँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँबाट वृद्धि गरी २ अर्ब र जारी तथा चुक्तापूँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँबाट वृद्धि गरी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार रुपैयाँ पुर्याउने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij