Logo

May 07 2025 | २०८२, वैशाख २५गते

May 07 2025 | २०८२, वैशाख २५गते

images

एनएमबि फिप्टीले कात्तिक मसान्तमा रू. २३ करोड २८ लाख नाफा कमायो

एनएमबि फिप्टीले कात्तिक मसान्तमा रू. २३ करोड २८ लाख नाफा कमायो

  • काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिप्टीले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले कात्तिक मसान्तमा रू। २३ करोड २८ लाख नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा भने ५ दशमलव २८ प्रतिशत कमि हो । सो अवधिमा फण्डले रू. २४ करोड ५८ लाख नाफा कमाएको थियो । कात्तिक मसान्तमा फण्डको खर्चमा वृद्धि भएकाले र नाफा घटेकाले नाफा प्रभावित भएको हो । 

    असोज मसान्तमा फण्डको कुल खर्च रू. ७८ लाख ६८ हजार रहेकोमा कात्तिक मसान्तमा बढेर रू। ९९ लाख ८७ हजार पुगेको छ । त्यस्तै फण्डको कुल आम्दानी भने असोज मसान्तमा रू. २५ करोड ३७ लाख रहेकोमा कात्तिक मसान्तमा रू. २४ करोड २८ लाखमा सिमित भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij