Logo

May 07 2025 | २०८२, वैशाख २५गते

May 07 2025 | २०८२, वैशाख २५गते

images

एनएमबि सरल बचत फण्ड–इको सूचीकृत शेयरमा लगानी रू. २ अर्ब ३४ करोड भन्दा बढी

एनएमबि सरल बचत फण्ड–इको सूचीकृत शेयरमा लगानी रू. २ अर्ब ३४ करोड भन्दा बढी

  • काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित   एनएमबि सरल बचत फण्ड -इले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले असोजको तुलनामा कात्तिक मसान्तमा सूचीकृत शेयरमा लगानी घटाएको छ । असोज मसान्तमा फण्डले सूचीकृत शेयरमा रू।२ अर्ब ३७ करोड रहेकोमा कात्तिक मसान्तमा रू २ अर्ब ३४ करोडमा झरेको छ । 

    त्यस्तै फण्डले कात्तिक मसान्तसम्ममा रू ३३ करोड २१ लाख नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा ९ प्रतिशत कमी हो । सो अवधिमा फण्डले रू .३६ करोड ६४ लाख नाफा कमाएको थियो । कात्तिक मसान्तमा फण्डको खर्चमा वृद्धि भएकाले र आम्दानी घटेकाले नाफा घटेको हो । 

    असोज मसान्तमा फण्डको कुल खर्च रू १ करोड २५ लाख रहेकोमा कात्तिक मसान्तमा बढेर रू  १ करोड ६८ लाख पुगेको छ । त्यस्तै फण्डको कुल आम्दानी असोज मसान्तमा रू ३७ करोड ९० लाख रहेकोमा कात्तिक मसान्तमा घटेर रू ३४ करोड ९० लाखमा झरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij