Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

होटल व्यवसायीहरूद्वारा उद्योग सरह विद्युत उपलब्ध गराउन सरकारसँग माग

होटल व्यवसायीहरूद्वारा उद्योग सरह विद्युत उपलब्ध गराउन सरकारसँग माग

  • काठमाडौँ ।  होटल व्यवसायीहरूले  उद्योग सरह विद्युत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।होटल व्यवसायीहरूको तर्फबाट होटल संघ नेपाल (हान)ले होटल क्षेत्रलाई उद्योग सरह विद्युत् उपलब्ध गराउन माग गरेको हो।संघका पदाधिकारीले बिहिबार उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर होटल क्षेत्रलाई विद्युतमा उत्पादनमूलक उद्योगले पाएसरह छुट सुविधा दिन माग गरे ।

    हानले होटलमा विद्युतीय चुल्हो राख्नका लागि आवश्यक नीति बनाउन र टाइम अफ डे (टीओडी) मिटर प्रदान गर्ने व्यवस्था गर्न मन्त्रीसमक्ष आग्रह गरेको छ। ऊर्जामन्त्री खड्काले निजी क्षेत्र बलियो नभएसम्म राष्ट्रिय अर्थतन्त्र सुदृढ नहुने भन्दै सरकार प्रोत्साहनका लागि तयार रहेको विश्वास दिलाए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij