Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

एकैपटक ६४ लाख थान राहदानी छाप्न टेन्डर आह्वान

एकैपटक ६४ लाख थान राहदानी छाप्न टेन्डर आह्वान

  • काठमाडौँ । एकैपटक ६४ लाख थान राहदानी छाप्न टेन्डर आह्वान गरिएको छ । ठेक्का गर्ने निर्णय गर्न अलमल गर्दा प्रणालीमाथि नै जोखिम हुने गरी साइबर आक्रमण भएपछि राहदानी विभागले नयाँ टेन्डर गरेको हो ।बिहीबार विभागले बोलपत्र आह्वान गरे अनुसार २ वटा प्याकेजमा आवेदन माग गरिएको छ । विद्युतीय राहदानी प्रणालीको प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमका लागि पहिलो प्याकेज बनाइएको छ ।

    पर्सनलाइजेसनसहितको बुकलेट, गुणस्तर नियन्त्रण र प्याकिङ सिस्टमको काम दोस्रो प्याकेजमा राखिएको छ। १२ जनवरी २०२५सम्म इच्छुक कम्पनीले बोलपत्र पेश गर्न पाउने  जनाइएको छ ।विभागमाथि अहिले चालु ठेक्का भेरिएसन गरेर संलग्न कम्पनीलाई थप काम दिन चरम दबाब थियो । २० डिसेम्बर २०२० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडिन्टी एन्ड सेक्युरिटी’ सँग ई–पासपोर्ट  छपाइ गर्न दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो ।यो ठेक्काअनुरूप आईडीईएमआईए आइडिन्टी एन्ड सेक्युरिटीलाई २० लाख मात्रै पासपोर्ट छपाइ भए पछि २ असार २०८०को मन्त्रिपरिषद्को निर्णयअनुसार थप २८ लाख पासपोर्ट सोही ठेक्का भेरिएसन गरेर छाप्न दिने निर्णय गरिएको  थियो ।

    अब फेरि त्यसैगरी दोस्रो पटक २० लाख पासपोर्ट छाप्ने गरी ठेक्का भेरिएसन गर्न दबाब बढेपछि विभागले ढिला गरी पासपोर्ट छपाइका लागि टेन्डर आह्वान गर्ने निर्णय गरेको हो ।नयाँ ठेक्का चाहने र नचाहने स्वार्थ समूहहरूको कलहका बीच गत बुधबार पासपोर्टको सेवा नै अवरुद्ध हुने गरी साइबर आक्रमण भयो । ५ दिन सबै सेवा बन्द गर्नुपरेको थियो । विभागले अहिले पनि जिल्लास्थित प्रशासन कार्यालयहरु र विदेशस्थित नियोगहरुबाट सेवा सञ्चालन गर्न सकेको छैन । भेरिएसन गर्दा प्रणालीमाथि नै खतरा उत्पन्न हुने देखेपछि विभागले नयाँ ठेक्काको पहल गरेको हो ।

    हाल विभागसँग करिब १३ लाख छपाइ गर्न बाँकी पासपोर्ट मौज्दातमा रहेको छ । विभागले मासिक औसत १ लाखको पासपोर्ट छपाइ गरेर वितरण गर्दै आएको छ । अब मौज्दात पासपोर्टले बढीमा एक वर्ष मात्रै धान्ने अवस्थामा रहेको छ । अब नयाँ टेन्डर प्रक्रिया पूरा भएर कहिलेसम्म खरिद सम्झौता हुने ठेगान छैन । विभागका महानिर्देशक तीर्थराज अर्याल ६४ लाख थान पासपोर्ट छपाइका लागि भएको टेन्डर प्रक्रिया पु¥याएर छिट्टै सम्झौता हुने विश्वास व्यक्त गरेका छन् । 

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij