काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले पुस ५ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय लाजिम्पाट, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव पनि कम्पनीले सभाका लागि तय गरेको छ ।