काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न मंसिर १९ गते बुधबार वार्षिक साधारण सभा बोलाएको छ । सभा, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा बैंकले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनका लागि यस बैंकले मंसिर ९ गते बुक क्लोज गरिसकेको छ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर–एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।