टोकियो ।जापानमा रहेका नेपालीहरूले नेपालको पहिचानलाई विश्वभरि फैलाउन राजधानी टोकियोमा नेपाल फेस्टिभलको आयोजना गरेका छन् ।नोभेम्बर ३०देखि शुरु भएको नेपाल फेस्टिभल डिसेम्बर १ सम्म चल्ने गरी ‘१४औँ नेपाल फेस्टिभल–२०२४’ शनिबार औपचारिक रूपमा उद्घाटन गरिएको थियो । नेपाल र नेपाली पहिचानलाई जापानमा उजागर गर्ने महोत्सवका रूपमा विगत डेढ दशकदेखि नेपाल फेस्टिभलको आयोजना भइआएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, नेपाल आदिवासी जनजाति महासंघ जापान र नेपाली राजदूतावासको संयुक्त प्रयासमा यो आयोजना गरिएको हो । भव्य कार्यक्रमकाबीच भएको उद्घाटन समारोहअघि नेपालका विविध जातजातिको परम्परागत झाँकी प्रदर्शन गरिएको थियो ।विशेष गरी नेपालको कला र संस्कृतिलाई जापानमा प्रवद्र्धन गरी जापानमा जन्मिएर जापानमा नै बसोबास गर्दै आएका नेपालीहरूलाई नेपाली संस्कृतिको बारेमा जानकारी दिएका थिए ।
साथै उनीहरूले जापानी नागरिकलाई नेपाली संस्कृतिका बारेमा जानकारी गराइ नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य लिएर फेस्टिभल आयोजना गरिएको आयोजनाहरूले बताएका छन् ।फेस्टिभलमा नेपाली परिकार, हस्तकलाका सामानहरू, र पर्यटनसम्बन्धी जानकारीमूलक स्टलहरूको पनि प्रदर्शन गरिएको छ । नेपाल फेस्टिभलले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउँदै नेपाली समुदायको एकता र पहिचानलाई उजागर गर्न सघाउ पुग्ने विश्वास आयोजकको रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij