काठमाडौँ । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट देखिएको छ । नेप्से परिसूचक ९.९९ बिन्दु झेरर २७३८.०६ बिन्दुमा अडिएको हो ।०.३६ प्रतिशतको गिरावट भएको दिन आइतबार शेयर बजारमा कुल कारोबार ८ अर्ब ८३ करोड २२ लाख २५ हजार ८सय ९२ रुपैयाँ बढीको कारोबार भयो ।
१ करोड ६७ लाख ६७ हजार १ सय ६८ कित्ता शेयरको कारोबारका लागि ८२ हजार ६ सय २ खरिद बिक्री भएको छ । कुल ३ सय १४ कम्पनीको शेयर कारोबार भएको दिन ६७ कम्पनीका शेयरमा वृद्धि देखियो भने १ सय ७८ कम्पनीमा गिरावट देखिएको छ । तीन कम्पनीको अवस्थामा कुनै परिवर्तन नभएको देखिएको छ ।