Logo

Jan 14 2025 | २०८१, माघ १गते

Jan 14 2025 | २०८१, माघ १गते

images

जापानमा आयोजित विभिन्न नेपाली पहिचान सहितको नेपाल फेस्टिभलको प्रदर्शनी सम्पन्न

जापानमा आयोजित विभिन्न नेपाली पहिचान सहितको नेपाल फेस्टिभलको प्रदर्शनी सम्पन्न

  • टोकियो । अझ बढी प्रभावकारी ढंगबाट आगामी नेपाल फेस्टिभलको आयोजना गर्ने प्रतिबद्धताका साथ  जापानमा आयोजित १४औँ संस्करणको नेपाल फेस्टिभल सम्पन्न भएको छ ।अपेक्षा गरिए अनुसार नेपाल फेस्टिभल १४ औँ  संस्करण सफल रहेको जनाउँदै यसबाट प्राप्त अनुभवका आधारमा अझ बढी प्रभावकारी ढंगबाट आगामी नेपाल फेस्टिभलको आयोजना गर्ने प्रतिबद्धतासहित यसको समापन गरिएको आयोजकहरूले बताएका हुन् ।

    नेपालको पहिचानलाई विश्वभरि फैलाउन राजधानी टोकियोमा नेपाल फेस्टिभलको नोभेम्बर ३० र डिसेम्बर १सम्म चलेको  प्रदर्शनीको आयोजना गरिएको थियो । शनिबार औपचारिक रूपमा उद्घाटन गरिएको सो फेस्टिभल विगत डेढ दशकदेखि जापानमा आयोजना भइआएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, नेपाल आदिवासी जनजाति महासंघ जापान र नेपाली राजदूतावासको संयुक्त प्रयासमा यो आयोजना गरिएको थियो । भव्य कार्यक्रमकाबीच भएको उद्घाटन समारोहअघि नेपालका विविध जातजातिको परम्परागत झाँकी प्रदर्शन गरिएको थियो ।

    विशेष गरी नेपालको कला र संस्कृतिलाई जापानमा प्रवद्र्धन गरी जापानमा जन्मिएर जापानमा नै बसोबास गर्दै आएका नेपालीहरूलाई नेपाली संस्कृतिको बारेमा जानकारी दिएका थिए ।साथै उनीहरूले  जापानी नागरिकलाई नेपाली संस्कृतिका बारेमा जानकारी गराइ नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य लिएर फेस्टिभल आयोजना गरिएको आयोजनाहरूले बताए ।

    फेस्टिभलमा नेपाली परिकार, हस्तकलाका सामानहरू, र पर्यटनसम्बन्धी जानकारीमूलक स्टलहरूको पनि प्रदर्शन गरिएको छ । नेपाल फेस्टिभलले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउँदै नेपाली समुदायको एकता र पहिचानलाई उजागर गर्न सघाउ पुग्ने विश्वास आयोजकको रहेको छ ।आयोजक समितिका संयोजक नवीन निउरे आगामी नेपाल फेस्टिभल झन् प्रभावकारी ढंगले मनाउने उत्साह प्राप्त भएको बताएका छन् । नेपालीहरूको सांस्कृतिक विरासत यति सम्पन्न रहेको छ त्यसको प्रदर्शनी गरी नसक्ने बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij