काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहले सम्हाल्ने भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा सोमबार त्यसतर्फ प्रस्थान गरेपछि उपप्रधानमन्त्री सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् ।
प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने छन् । ओली २० मंसिरमा स्वदेश फर्किनेछन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij