Logo

May 03 2025 | २०८२, वैशाख २१गते

May 03 2025 | २०८२, वैशाख २१गते

images

नेशनल लघुवित्त र  ङादी ग्रुप पावरको शेयर मूल्य नेप्सेमा समायोजन

नेशनल लघुवित्त र  ङादी ग्रुप पावरको शेयर मूल्य नेप्सेमा समायोजन

  • काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल लघुवित्त र  ङादी ग्रुप पावरको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले नेशनल लघुवित्तको १४ दशमलव २५प्रतिशत बोनस शेयर र ङादी ग्रुप पावरको शत प्रतिशत हकप्रद शेयरको समायोजन गरेको हो । समायोजन पश्चात ङादी ग्रुप पावरको शेयर मूल्य रू. २८९ र नेशनल लघुवित्तको रू. १ हजार ३५५ दशमलव ८०१९ कायम भएको छ । नेप्सेले सोमवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुबै कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

    सोमवार  दोस्रो बजारमा नेशनल लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५४९ मा र ङादी ग्रुप पावरको रू. ४७८ मा अन्तिम कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij