Logo

May 03 2025 | २०८२, वैशाख २१गते

May 03 2025 | २०८२, वैशाख २१गते

images

बलेफी हाइड्रोपावरले मंसिर २७ गतदेखि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

बलेफी हाइड्रोपावरले मंसिर २७ गतदेखि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने

  •  

    काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १ बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । जस अनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्कासन हुनेछ । 

    यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयर खरीदका लागि पुस १७ गतेसम्म आवेदन दिन सकिनेछन् । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij