काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ६ हजार ५४३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले १८ हजार ३६० कित्ता अन्य व्यक्तितथा संस्थाहरुले आवेदन दिन पाउने गरी र ८८ हजार १८३ कित्ता भने विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन पाउने गरी निष्कासन गरेको हो ।
दुबै तर्फको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र अर्थात पुस १ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ । दुबै तर्फको शेयर मंसिर १७ गतेदेखि विक्रीमा आएको हो । यस अघि विद्यमान संस्थापक शेयरधनीका लागि मात्र निष्कासन गर्दा वितरण हुन नसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १८ हजार ३६० कित्ता शेयर निष्कासन गरेको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।