काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफबाट कुल १० दशमलव ६५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा ३ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ६ दशमलव ८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार रुपैयाँ छ ।
सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गर्ने गरी कम्पनीले लाभांश प्रस्ताव गरेको हो ।