Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

आखिर नेपाल विद्युत् प्राधिकरणका अध्यक्षको कुर्सीमा बस्न आइपुगे ऊर्जा मन्त्री खड्का

आखिर नेपाल विद्युत् प्राधिकरणका अध्यक्षको कुर्सीमा बस्न आइपुगे ऊर्जा मन्त्री खड्का

  • काठमाडौँ । आखिर नेपाल विद्युत् प्राधिकरणको अध्यक्षको कुर्सीमा बस्न ऊर्जा मन्त्री दीपक खड्का आइपुगेका छन् । प्राधिकरणको बोर्ड अध्यक्षको हैसियत समेत बोकेका  ऊर्जा मन्त्री खड्काले प्राधिकरणको परिसरमा आफ्नो कोठा बनाउन लगाएर कुर्सीमा बसेर कोठाको उद्घाटन गरेका हुन् ।

    प्राधिकरणका केही उच्च पदस्थ कर्मचारीहरूले उनलाई स्वागत गरेका छन् ।नेपाल विद्युत प्राधिकरणका  प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तह लगाउन प्राधिकरणमै बस्ने योजना बनाउँदै आएका खड्काले कोठमा आइपुगेको प्राधिकरण स्रोतले जनाएको  छ ।

    सिंहदरबारको मन्त्रालयबाट घिसिङलाई तह लगाउन गाह्रो भएकाले प्राधिकरणमै मन्त्रालयका कर्मचारी पठाएर आफ्ना लागि अनुकूलको कोठा खोज्न लगाएका थिए ।प्राधिकरण स्रोतका अनुसार उनले प्रबन्ध निर्देशक कुलमानलाई आदेश दिएर कोठाको व्यवस्था गर्न लगाएको हुनेमा  कर्मचारी पठाएर खोज्न लगाउन त्यति सुहाउँदो नभएको हो ।प्राधिकरणका कर्मचारीहरूका अनुसार यसरी मन्त्री बस्ने गरी प्राधिकरण अध्यक्ष बस्ने कोठको व्यवस्था गरी मन्त्री बसेको पहिलो पटक हो ।

    यो पनि हेर्नुहोस् 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij