काठमाडौं । सुपर हेवा पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस ११ गते गर्ने भएको छ ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय नागार्जुन न.पा.४ सितापाईलामा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले जारी पूँजीको २० प्रतिशत आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।