Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

एक वर्षका लागि सवा अर्ब बढीको मुद्दती बेच्दै नेपाल राष्ट्र बैंक

एक वर्षका लागि सवा अर्ब बढीको मुद्दती बेच्दै नेपाल राष्ट्र बैंक

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले सवा बढी बढीको मुद्दती बेच्न आवेदन आह्वान गरेको छ ।मंसिर २० गते एक सूचना जारी नेपाल राष्ट्र बैकले १ अर्ब ३७ करोड बराबरको मुद्दती विभिन्न तथा वित्तीय संस्थाहरूमा एक वर्षका लागि मुद्दती बेच्न लागेको जनाएको हो ।केन्द्रीय बैंकको वित्त व्यवस्थापन विभागले बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानी गर्नुपर्ने भएकाले बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूमा बैंकको शर्त मान्ने गरी उक्त रकम ३६६ दिनका लागि मुद्दतीमा रकम लगाउन जनाएको छ ।

    बैंकले २०८१ पुस २ गतेदेखि २०८२ पुस २ गतेसम्मका लागि ३६६ दिनको लागि मुद्दतीमा राख्ने सक्ने बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त रकमको ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको हो । राष्ट्र बैैकले क वर्गका वाणिज्य बैंकलाई १ अर्ब ९ करोड ६० लाख ,ख वर्गका राष्ट्रियस्तरको विकास बैंकलाई २० करोड ५५ लाख र ग वर्गका राष्ट्रियस्तरका वित्तीय संस्थाहरूलाई ६ करोड ८५ लाख  रकम बराबरको मुद्दती खरिद गर्न ब्याजदर २३ गते मंसिर७ बजे बेलुकासम्म आवेदन दिन आह्वान गरेको छ ।

    यो आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरूको लागि तोकेको योग्तामा सञ्चालक समिति आएको २ वर्ष नाघिसकेको हुनुपर्ने ,बैंकबाट न्यूतम पुँजीकोष कायम भएको ,निष्क्रृय कर्जा कुर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको ,खुद तरल सम्पत्ति बैंकले तोकेको न्यूनतम सीमा तोकेकोलगायतको शर्तहरू तोकिएका छन् ।बैंकहरूलाई यस्ता २३वटा शर्तको अधीनमा रही आवेदन दिन भनिएके छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij