काठमाडौँ । सरकारले राष्ट्रिय सभाको बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गर्न लागेको छ ।राष्ट्रिय सभाका अध्यक्ष नाराणप्रसाद दाहालका अनुसार सिंहदरबारस्थित कृषि प्राकृतिक स्रोत समितिको हलमा सभाको बैठक बस्ने तयारी भइरहेको छ ।उनका अनुसार हलको व्यवस्थापनका लागि तीस लाखको खर्च विनियोजनमा काम सकिने अपेक्षा छ ।
अध्यक्ष दाहालले आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा यसबारे जनाए ।हलको अभावमा राष्ट्रिय सभाको बैठक बस्न नसकेको हो । हल व्यवस्थापन पनि भइसकेपछि अधिवेशन बोलाउन सकिने विषयमा छलफल भइरहेको छ ।
अध्यक्ष दाहालका अनुसार आगामी मंसिर दोस्रो साता राष्ट्रिय सभाको अधिवेशन बोलाउन सकिन सुझाव दिइएको छ ।मंसिर १५ गतेभित्र अधिवेशन बोलाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिइएको प्रधानमन्त्री सुशीला काकीलाई दिएको छ ।अध्यक्ष दाहालले प्रधानमन्त्री कार्की राष्ट्रिय सभाप्रति सकारात्मक रहेको पाएको जनाए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij