Logo

Nov 28 2025 | २०८२, मंसिर १२गते

Nov 28 2025 | २०८२, मंसिर १२गते

images

एनएसीका आन्तरिक उडान बन्द हुने

एनएसीका आन्तरिक उडान बन्द हुने

  • काठमाडौँ । राष्ट्रिय ध्वजावाहक हवाई सेवा कम्पनी  नेपाल वायुसेवा निगम (एनएसी)को आन्तरिक उडान एक सातापछि बन्द हुने भएको छ । तेस्रो ट्विनअटर जहाजको उडान अवधि सकिन लागेकाले निगमको आन्तरिक उडान ठप्प हुन लागेको हो।

    एनएसीका एक कर्मचारीले फ्लाइङ आवर सकिन लागेका कारण तेस्रो ट्विनअटर जहाज पनि ग्राउण्डेड गर्नुपर्ने अवस्थामा पुग्न लागेको बताए।ती अधिकारीका अनुसार अहिले उडान गरिरहेको जहाजको फ्लाइङ आवर अब ७० घण्टा मात्र बाँकी छ। एक सातापछि उडान बन्द हुन्छ । यो जहाजको देब्रे इन्जिन मर्मत सम्भार गर्नुपर्ने अवस्थामा भएपनि अहिलेसम्म प्रक्रिया नै सुरु गरिएको छैन।

    आन्तरिक उडानतर्फ एनएसीसँग तीनवटा ट्विनअटर जहाज रहेकामा एउटा १२ वर्षदेखि मर्मत नगरी राखिएको छ । अर्को जहाज ग्राउण्डेड भएको ६ महिना भइसकेको छ । इन्जिन नफेरिएका कारण ९ एन–एबीटी कलसाइनको जहाज गत जेठदेखि ग्राउण्डेड भएको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij