
काठमाडौँ । सोफा उत्पादक संघ नेपालको प्रथम साधारण सभा सम्पन्न भएको छ ।सोफा उत्पादक संक अध्यक्ष तारा धरेलको अध्यक्षतामा सम्पन्न साधारण सभा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल , नेकपा एमालेका केन्द्रीय सदस्य खेम लोहनीलगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
साधारण सभामा सहभागी सोफा उत्पादकहरूले सरकारी अफिसमा नेपाली सोफा प्रयोगमा ल्याउनुपर्ने माग गरेका छन् । व्यवसायीहरूलाई सरलरूपमा बैंकको ब्याज सुविधा उपलब्ध गराउनुपर्ने लगायतका माग गरिएको थियो ।सहभागीहरूले उत्पादक संघका सफलताको शुभकामना व्यक्त गरेका थिए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij