Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

तीन कम्पनीको ३३ लाख ३१ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

तीन कम्पनीको ३३ लाख ३१ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा तीन कम्पनीको कुल ३३ लाख ३१ हजार ५२३ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

    images

    स्वावलम्बन लघुवित्त वित्तीय सस्थाको  २० लाख ६६ हजार २५० कित्ता, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ११ लाख २० हजार ७७८ कित्ता र गुराँस लघुवित्त वित्तीय संस्थाको १ लाख ४४ हजार ४९५ कित्ता गरेर कुल ३३ लाख ३१ हजार ५२३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

    यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन  । 

    स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कात्तिक ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

    त्यस्तै अरुण भ्याली हाइड्रोपावरले कात्तिक १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले शून्य दशमलव १५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

    गुराँस लघुवित्त वित्तीय संस्थाले असोज २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij