सिरहा।अपराधिक गतिविधि गर्ने गिरोहका एक भारतीयसहित चार जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिरहा सुखीपुर नगरपालिका ८ का ४५ बर्शिय इन्दल भन्ने इन्द्रनारायण चौधरी, वर्ष ३१ का भैरव भन्ने देवकुमार मुखिया, लहान नगरपालिका ४ का ४१ वर्षीय दिनेश विश्वकर्मा र भारतीय नागरिक पश्चिम बंगाल जिल्ला हुगली ग्राम पञ्चायत भगबतीपुर ७ बस्ने निरोज भन्ने मेहराज मोन्डल रहेका छन् ।
मंगलबार लहान नगरपालिका–७ लहान बजारस्थित विकाश ट्रेडर्स (सुन चाँदी पसल) मा डाँका गर्ने योजना बनाइरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले बताए । उनीहरुमाथि जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij