![](https://nayasadak.com/assets/image/logo.png)
काठमाडौं । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनीले ९८ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले कुमारी क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौता पत्रमा प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिल प्रसाद अधिकारी र कुमारी क्यापिटलको तर्फवाट प्रमुख मर्चेन्ट बैंकिङ सविन बुढाथोकीले हस्ताक्षर गरे ।
कम्पनीले प्रति कित्ता ५० रुपैयाँका दरले ९८ करोड रुपैयाँ बराबरको १ करोड ९६ लाख कित्ता आइपीओ निष्कासन गर्ने जनाएको छ । हाल कम्पनीको अधिकृत पुँजी २ अर्ब ५ करोड रहेको छ भने जारी पुँजी २ अर्ब छ । कम्पनीको हाल १ अर्ब २ करोड संस्थापक समूहको चुक्ता पुँजी छ र आइपीओ बाट आउने सर्वसाधारण समूहको ९८ करोड गरि कम्पनीको चुक्ता पुँजी २ अर्ब पुग्नेछ । यो कम्पनी गत २ वर्षदेखि संचालन मुनाफामा रहेको छ ।
प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी प्रभु ग्रुप्स एण्ड कम्पनीज् अन्र्तगतका विभिन्न कम्पनीहरुको मुख्य लगानीमा स्थापित कम्पनी हो । यस कम्पनीमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ । कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादन मुलक उद्योग र साहासिक पर्यटनमा लगानी गर्दछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij