Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

दक्षिण कोरियासँग गरिने व्यापार तथा लगानी प्रवर्द्धन कार्यढाँचा हस्ताक्षरको तयारी द्रुतगतिमा

दक्षिण कोरियासँग गरिने व्यापार तथा लगानी प्रवर्द्धन कार्यढाँचा हस्ताक्षरको तयारी द्रुतगतिमा

  • काठमाडौँ । सरकारले दक्षिण कोरियासँग व्यापार तथा लगानी प्रवर्द्धनसम्बन्धी कार्यढाँचामा हस्ताक्षर गर्ने तयारीलाई द्रुतगतिमा अगाडि बढाएको छ । अन्यथा केही नभए आउँदो सोमबार नेपाल र दक्षिण कोरियाबीच व्यापार तथा लगानी प्रवर्द्धनको कार्यढाँचामा हस्ताक्षर हुने भएको हो ।१६ डिसेम्बर २०२४मा लगानी सेमिनारको आयोजना गरिएको छ । त्यस सेमिनारमा नेपाल र दक्षिण कोरियाबीच  व्यापार तथा लगानी प्रवर्द्धन कार्यढाँचामा हस्ताक्षर हुने तयारी भइरहेको छ ।

    उद्योग वाणिज्य अपूर्ति मन्त्री दामोदर भण्डारीको भ्रमणका लागि नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क ताइयोङले आवश्यक सहजीकरणका लागि आफू तयार रहेको एक भेटमा जनाएका थिए ।मन्त्रालयका सहसचिव बाबुराम अधिकारी लगायतका पदाधिकारी र दक्षिण कोरियाली राजदूतावासका अधिकारीहरूको उपस्थितिमा भएको उक्त भेटमा राजदूत पार्कले नेपालसँग द्विपक्षीय लगानी सम्झौता समेतको आवश्यकता औँल्याउँदै कोरियाली लगानीमा निर्माणाधीन नेपालको माथिल्लो त्रिशुली जलविद्युत आयोजना लगायतमा सहजीकरण गर्न मन्त्री भण्डारीलाई अनुरोध गरेका थिए । व्यापार तथा लगानीको क्षेत्रको विकासमा दक्षिण कोरियाली सरकार सदैव तत्पर रहेको राजदूतले जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij