Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

विदेशी मुद्रा सञ्चिति साढे २२ खर्ब बढी , वस्तु तथा सेवा आयात धान्न १५.१ महिना पुग्ने

विदेशी मुद्रा सञ्चिति साढे २२ खर्ब बढी , वस्तु तथा सेवा आयात धान्न १५.१ महिना पुग्ने

  • काठमाडौं । मुलुकमा विदेशी मुद्रा सञ्चिति साढे २२ खर्ब बढी पुगेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कात्तिक मसान्तसम्म २२ खर्ब ५५ अर्ब रुपैयाँ सञ्चिति रहेको छ । चार महिनामा विदेशी मुद्रा सञ्चिति १०.५ प्रतिशतले बढेको हो । असार मसान्तसम्म २० खर्ब ४१ अर्ब रुपैयाँ विदेशी सञ्चित थियो ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा कात्तिक मसान्तमा ९.४ प्रतिशतले बढेर १६ अर्ब ७० करोड पुगेको छ ।हालको आयातलाई आधार मान्दा सञ्चित विदेशी मुद्राले १८ महिनाको वस्तु र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij