काठमाडौँ ।पुस महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर फेरबदल गरेका छैनन् । ६ बैंकले मात्र घटबढ गरेका हुन् । २०८१ मंसिरको तुलनामा पुस १ गतेदेखि लागू हुने ब्याजदर घटाउने बैंंकहरूमा, एनआईसीएसिया, नेपाल बैंक र सानिमा बैंक हुन् । ब्याजदर बढाउनेहरूमा एनएमबि, प्राइम कमर्सियल र कृषि विकास रहेका छन् ।
अन्यले ब्याजदर यथावत् राखेका छन् । आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग नभएपछि गत वर्षको असाजदेखि नै बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आएका छन्।
मंसिरमा एनआईसीएसियाका ब्याजदर ६.६९ रहेकोमा पुसमा ६.६ प्रतिशत रहेको छ । सानिमाको ६.१५ रहेकोमा पुसमा ६.०५मा झारिएको छ । नेपाल बैंकको ५.९५ मंसिरमा रहेकोमा पुसका लागि ६.६मा झारिएको छ । यसरी ब्याजदर बढाउनेहरूमा एनएमबिले ५.७५बाट ६.६ प्रतिशतमा बढाएको छ । प्राइम कमर्सियलले ५.७५बाट ६.२५ पु¥याएको छ । यसैगरी कृषि विकास बैंकले ५.५३बाट ५.५७ प्रतिशतमा वृद्धि गरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij