Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

उपकार लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस २४ गते  , मर्जर तथा प्राप्ति प्रस्ताव गर्ने

उपकार लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस २४ गते  , मर्जर तथा प्राप्ति प्रस्ताव गर्ने

  • काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २४ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ ।

    images

    मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल सेन्टर प्लाजा कोहलपुर, बाँकेमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

    अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij