
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१÷८२ को चार महिनामा पौने आठ अर्ब बढीको शेयर निष्कासन अनुमति प्राप्त भएको छ ।नियामक निकाय नेपाल धितोपत्र बोर्डले पाँच अर्ब ८९ करोड बराबरको हकप्रद शेयर र एक अर्ब ९० करोड बराबरको म्युचुअल फन्ड गरी कुल सात अर्ब ७९ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको हो ।
समीक्षा अवधिमा तीन अर्ब ९१ करोड बराबरको हकप्रद शेयर, तीन अर्ब ६७ करोड बराबरको बोनस शेयर र ४७ लाख बराबरको एफपीओ गरी कुल सात अर्ब ५८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
चालु आवको कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड भएको छ । २०८० कात्तिक मसान्तमा बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब एक करोड रहेको थियो ।२०८० कात्तिक मसान्तमा एक हजार ८५२.०९ रहेको नेप्से सूचकांक २०८१ कात्तिक मसान्तमा दुई हजार ७४८.७९ कायम भयो । चालु आबको कात्तिक महिनामा धितोपत्र बजार पुँजीकरण गत आवको कातिक महिनाको तुलनामा १५ खर्ब बढी भएको हो । गत कात्तिक मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको संख्या २६७ पुगेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij