काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। इन्स्योरेन्सले निष्काशन गरेको हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद शेयरमा अब पुस १६ गतेसम्म आवेदन दिन सकिनेछ।
इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ६.२५६ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार इन्स्योरेन्सले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २७ गते बुकक्लोज गरेको थियो। यस अनुसार कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद शेयरमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ।इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एनएलजी इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरु र लक्ष्मी सनराइज बैंकका काठमाडौँ उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij