
काठमाडौँ ।आज नेप्से परिसूचकमा ५१.३७ अंकले घटेर २६३०.९१ बिन्दुमा आएको छ । आज ५ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुथेली बुखरी हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक घटेका छन् ।आज फाइनान्स समूहमा सबैभन्दा गिरावट आएको छ ।
यस दिन ३०४ कम्पनीको १ करोड २७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड ४५ लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः जोशी हाइड्रोपावर र जानकी फाइनान्स परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij