काठमाडौँ । चालु आर्थिक वर्ष (आव)को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकले असोज मसान्तसम्मा ८२ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह भएकोे आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति विषयक प्रतिवेदनमा जनाएको हो ।
अर्थतन्त्रको सुस्तताका कारण बैंकबाट हुने कर्जा प्रवाह प्रभावित बनेको छ । अझ, पछिल्लो समय सुरक्षा व्यवस्था खल्बलिँदा निजी क्षेत्रको मनोबल गिरेसँगै लगानीको माहोल नै विथोलिएकोले बैंकमा कर्जाको माग नै नभएको बैंकरहरूले बताउँदै आएका छन् ।जेनजी आन्दोलनले गर्दापनि कर्जाको मागलाई प्रभावित गरेको छ ।
राष्ट्र बैंकका अनुसार, साउनदेखि असोजसम्ममा ८२ अर्ब ९३ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । यससँगै असोजसम्ममा ऋण ५५ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २.५ प्रतिशत (१ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ) ले बढेको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij