Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

धितोपत्र बोर्ड सुपरिवेक्षण विभागको प्रमुखमा सरुवा भएको केही दिनमै कार्यकारी निर्देशक पोखरेलले दिए राजीनामा

धितोपत्र बोर्ड सुपरिवेक्षण विभागको प्रमुखमा सरुवा भएको केही दिनमै कार्यकारी निर्देशक पोखरेलले दिए राजीनामा

  •  काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक कृष्णराज पोखरेलले राजीनामा दिएका छन्।सुपरिवेक्षण विभागमा सरुवा भएको केही दिनमै पोखरेलले माघ दोस्रो सातादेखि लागू हुनेगरी राजीनामा दिएका हुन।

    सेबोनमा सुपरिवेक्षण विभाग प्रमुख रहेका पोखरेल २०७९ कात्तिक १६ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए।उनले सेबोन सञ्चालक समिति र कर्मचारीसामु व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्।

    सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफ्नो नियुक्ति लगत्तै मंसिर दोस्रो साता पोखरेललाई नीति, अनुसन्धान र तालिम विभागबाट सुपरिवेक्षण विभागमा सरुवा गरेका थिए। सेबोनमा सुपरिवेक्षण विभाग सबैभन्दा आकर्षक मानिन्छ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij