काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २३ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ ।
मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय बोडे, भक्तपुरमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij