Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

नेपाल विद्युतीय व्यावसायी महासंघको १५औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल विद्युतीय व्यावसायी महासंघको १५औं वार्षिक साधारण सभा सम्पन्न

  • काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघ, देशको अर्थतन्त्रको विकास र विद्युतीय व्यवसायीका क्षेत्रको विकास विस्तार लगानी प्रवर्धन र हकहितका लागि सदैव देशका उद्योगी र व्यवसायीहरूको साथ लिएर कार्य गर्ने विद्युत् व्यवसायीहरूको पेशागत संस्था रहेको जानकारीका लागि अनुरोध गर्दछौं ।

    नेपाल भरमा २२ नगर÷जिल्ला सङ्घहरू एवं ७५ एसोसिएट सदस्यहरू रहेको विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको पन्ध्रौँ वार्षिक साधारण सभा यही मिति २०८२ बैशाख २७ गतेका दिन गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री  सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा पोखरा, कास्कीमा भव्यताका साथ सु–सम्पन्न भएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायलाई अगाडि बढाउने क्रममा प्रदेशका कानुन बाधक भए कानुन नै संशोधन गर्न पनि तयार रहेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनु हुँदै गण्डकी प्रदेशमा लगानी गर्दा प्रदेश सरकारअन्तर्गत सम्बन्धित निकायका कारण लगानी मैत्री वातावरण नभएमा, प्रशासनिक झन्झट परेमा, व्यवसायलाई अगाडि बढाउने क्रममा प्रदेशका कानुन बाधक भएमा हामीलाई भन्नुहोस्, हामी याहाँहरुसंग छलफल गरी कानुनमा आवश्यक संशोधन गर्न तयार रहेका छौं भन्ने प्रतिबद्धता जनाउनु भएको थियो । 

    feen 2.jpg

    सरकारले आफैं व्यापार गर्ने होइन, सरकारले उद्योग धन्दा खोल्ने होइन, सरकारले निजी क्षेत्रलाई सहजीकरण गरिदिने हो, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने हो, जति निजी क्षेत्रको लगानी बढ्छ, त्यति सरकारको राजस्व बढ्छ, राजस्व बढ्यो भने मात्र सरकारले विकास निर्माणको कार्य गर्नसक्छ भन्नेमा विश्वस्त रहेको बताउनु हुँदै निजी क्षेत्रलाई ढुक्क व्यवसाय गर्ने वातावरण बनाइदिने प्रतिबद्धता जनाउनुभयो भने विद्युत उत्पादनमा सह लगानीको प्रस्तावसमेत राख्नु भएको थियो । सन् २०३० सम्ममा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने नेपाल सरकारको लक्ष्य रहेको तथा नाफा घाटा मात्र नभई दैनिक जीवनमा समेत प्रभावित पार्ने व्यवसाय भएकाले, विद्युतीय व्यवसायको भविष्य उज्ज्वल रहेको, अन्य व्यवसाय जस्तो यस व्यवसायमा आर्थिक मन्दीले ठूलो असर नगर्ने भन्नु हुँदै उत्साहित भएर व्यवसायमा लगानी बढाउन अनुरोध गर्नु भएको थियो । सबैलाई सजाय दिनुपर्छ भन्नेमा मानसिकता भएका व्यक्तिहरूबाट कानुन बनेको महसुस भएको भन्नु हुँदै विद्युतीय व्यवसायीलाई कानुन र भन्सारमा रहेको समस्या समाधान गर्न संघीय सरकार समक्ष गण्डकी प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

    feen 3.jpg

    महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले प्रमुख अतिथि एवं अतिथिहरूलाई स्वागत गर्नुहुँदै बजारमा बिक्री वितरणमा पठाउनु अघि स्वदेशमा उत्पादित वस्तु भए सम्बन्धित उत्पादकले र विदेशबाट पैठारी गर्ने वस्तुमा भए पैठारीकर्ताले अनिवार्य लेबल लगाउनु पर्ने व्यवस्थाले व्यवसायी मर्कामा परेकाले हाललाई उक्त नियम स्थगन गर्नुपर्ने राय राख्दै भन्सार महसुल, भ्याटदेखि भन्सार नाकामा बुझाउन पर्ने सम्पूर्ण रकमहरू बुझाई सरकारको नीति नियमअनुसार वस्तु उत्पादन एवं बिक्री वितरण गरेका व्यवसायीहरूलाई पि.सि.ए र फूल अडिटको नाममा फेरि दुःख दिने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै भन्सार दर बढी हुनु भनेको चोरी पैठारीलाई प्रोत्साह नदिनु हो, तसर्थ भन्सारको दरमा कमी गरी यसको दायरा बढाई चोरी पैठारी जस्ता अवैध व्यापारलाई निरुत्साहित गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो । महासंघका अध्यक्षले उद्यमीहरूलाई प्रवद्र्धन गर्न विद्युतिय वस्तु उत्पादन तथा एसेम्बल गर्ने उद्योगहरूका लागि विशेष कर छुट वा राहत योजना लागू गर्नुपर्ने, उद्योगको कच्चापदार्थ आयात गर्दा ०% भन्सार दर र एसेम्बल गर्ने उद्योगहरूको हकमा एक तह माथिको अर्थात् ५% भन्सार दर कायम गरिनुपर्ने, नेपाली उद्योगबाट उत्पादन भएका विद्युतीय सामाग्रीहरूमा लगाइएको अन्तःशुल्क खारेजी हुनुपर्ने, विद्युतीय उद्योगका उत्पादन प्रवद्र्धनको लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने नीति ल्याउनु पर्छ तथा आर्थिक समस्यामा परेर बन्द हुने अवस्थामा रहेका उद्योगहरूलाई सरकारी निकायबाट प्रोत्साहन कर्जा दिने व्यवस्था गर्नुपर्ने तथा स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने, नेपालमा उत्पादित विद्युतिय सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन कर छुट तथा प्रोत्साहनका कार्यक्रम ल्याइनु पन लगायतका विद्युतीय व्यवसायीहरूको समस्याहरू राख्नु हुँदै विद्यमान आर्थिक मन्दीका समयमा नीजि क्षेत्रका गतिविधिलाई असर पर्ने काम कहीँ कतै बाट हुन नहुनेमा महासंघ आशावादी हुँदै विद्युत जस्तो संवेदनशील क्षेत्रमा व्यवसाय गर्ने विद्युत् व्यवसायीहरूका मुद्दालाई गम्भीरतापूर्वक लिई समस्या समाधान गर्न प्रदेश सरकार एवं सङ्घीय सरकारले सहयोग गर्नेमा विश्वस्त रहेको धारण राख्नु भएको थियो ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य एवं खेलकुद तथा मनोरञ्जन मञ्चका अध्यक्ष  हरि बहादुर कार्कीले दुई खरबभन्दा बढीको लगानी रहेको र ३० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको विद्युतीय व्यवसायीलाई परेको समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघ सदैव लबिङ गर्दै आएको बताउनु हुँदै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, कच्चा पदार्थमा सहुलियत भन्सार दर उपलब्ध गराउन प्रदेश सरकारले आवश्यक पहल गर्नुपर्ने भन्नु हुँदै विद्युतीय व्यवसायीलाई परेको अनिवार्य अधिकतम खुद्रा मूल्य कर नीति, टेस्ट ल्याब नभएको लगायतका विद्युतीय व्यवसायीलाई परेका समस्या समाधान गराउन नेपाल उद्योग वाणिज्य महासङ्घबाट कार्य गरिँदै आएको र आगामी दिनमा अझ जोडदार रूपले लाग्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
    शारडा ग्रुपका निर्देशक एवं संविधान सभा सदस्यमा ननियपवन कुमार सारदाले नेपालीहरूलाई जुन तहमा समस्या पर्छ त्यही तहमा समाधान गर्न सकियोस् भनेर तीन तहको परिकल्पना गरी संविधान बनाइएको तर सो अनुसार कार्य हुन नसकेकोमा दुःख व्यक्त गदै देशमा व्याप्त समस्याका कारण युवाहरू विदेश जान बाध्य रहेको बताउनु भयो । भर्खरै मात्र अर्थ मन्त्री तथा उद्योग मन्त्रीलाई भेटेर नेपाल सरकारले निजी क्षेत्रलाई दुःख दिन, व्यवसायीलाई अनावश्यक अनुगमन गर्न, नियन्त्रण गर्न मात्र विभागहरू बनाइएको तर हामी व्यवसायीलाई परेको दुःख कष्ट हेर्न समस्यामा मलम लगाउन कुनै विभाग नभएको जिकिर गर्दै उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनु पर्ने, व्यवसायीलाई परेको नीति गत समस्यालाई समाधान गर्ने कार्य गर्न अनुरोध गरेको भन्नु हुँदै शारदा ग्रुपका उत्पादनहरूको जानकारी गराउनु भएको थियो ।

    कार्यक्रममा महासंघका निर्वतमान अध्यक्ष  सुदर्शन प्रसाद पौड्याल र महासंघका कार्यसमिति सदस्य एवं आयोजित जिल्ला संघका अध्यक्ष  केशव ढकालले विद्युतीय व्यवसायीहरूलाई परेको समस्याहरूलाई उजागर गर्दै समाधानको लागि पहल गरी दिन मुख्यमन्त्रीज्यूलाई आग्रह गरेका थिए । 

    पोखरा इलेक्ट्रिकल एसोसिएशन आयोजित जिल्ला संघ रही पोखरा, कास्कीमा आयोजना गरिएको नेपाल विद्युतीय व्यवसायी महासंघको पन्ध्रौँ वार्षिक साधारण सभालाई मुख्य प्रायोजन प्रिमियर वायर्स प्रा. लि. ले गरेको थियो भने सह प्रायोजन प्राइम भेन्चर्स प्रा. लि., र भिस्टा इलेक्ट्रिक प्रा. लि. (कोरोना) ले गरेको थियो । त्यस्तै उप–प्रायोजनमा एनजी इलेक्ट्रिकल्स प्रा. लि., आर.के.ओभरसीज प्रा. लि., जनता केबल इन्डस्ट्रिज प्रा. लि. र ए एस इलेक्ट्रिक एण्ड मेशिनरी स्टोर्सले गरेका थिए । कार्यक्रम आयोजना गर्न २० बटा भन्दा धरै कम्पनीहरूले ब्यानर सहयोग उपलब्ध गराएका थिए । नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष एवं पन्ध्रौँ वार्षिक साधारण सभा मूल आयोजक समितिका संयोजक प्रेमबहादुर जी. सि.ले प्रमुख अतिथि ज्यू, अतिथि ज्यू लगायत सहभागी सबैलाई सहभागिताको लागि धन्यवाद दिनुभएको थियो । कार्यक्रमको सञ्चालन महासंघका महासचिव  गोपाल अग्रवालले गर्नुभएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij