Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

राष्ट्र बैंकले एक महिनामा पाँच खर्ब बढीको तरलता सोस्यो

राष्ट्र बैंकले एक महिनामा पाँच खर्ब बढीको तरलता सोस्यो

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक महिनामा पाँच खर्ब बढीको तरलता सोसेको देखिएको छ ।नोभेम्बर १० देखि डिसेम्बर ८ सम्मको अवधिमा  नेपाल राष्ट्र बैंकले ५ खर्ब बढीको तरलता तानेको हो ।२१ दिने निक्षेप संकलन बोलकबोल सम्बन्धी सूचना निकालेर राष्ट्र बैंकले विभिन्न मितिमा विभिन्न परिमाणको रकम तानेको हो ।

    images

    यस अवधिमा राष्ट्र बैंकले निक्षेप संकलन गर्न जारी गरेको सूचनाका आधारमा नोभेम्बर १० का दिन ५० अर्ब ,१३ नोभेम्बर ५० अर्ब १७ नोभेम्बर ५० अर्ब , २० नोभेम्बर ४० अर्ब , २४ नोभेम्बर ५० अर्ब ,२७  नोभेम्बर १०० अर्ब, १ डिसेम्बर ५० अर्ब, ४ डिसेम्बर ५० अर्ब र ८ डिसेम्बरका दिन ७० अर्ब निक्षेप संकलन गरेको देखिएको छ । यो अवधिमा ५ खर्ब १० अर्ब निक्षेप संकलन गरिएको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाका आधारमा अहिले पनि ती निक्षेप संकलनको साँवा र ब्याजको भुक्तानी हुन परिपक्व हुने रकम ३ खर्ब १० अर्ब रहेको छ । डिसेम्बर ११मा ४० अर्ब निक्षेप संकलनसमेत जोड्दा ३ खर्ब १० अर्बको भुक्तानी हुन बाँकी रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij