Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

अठ्सठ्ठी लाख रुपैंया र रकम उल्लेख गरिएका चेक थान ५ सहित हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

अठ्सठ्ठी लाख रुपैंया र रकम उल्लेख गरिएका चेक थान ५ सहित हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ

  • काठमाडौँ ।प्रहरीले हुण्डी कारोबारमा संलग्न चार जनालाइ ठुुलो परिमाणमा नगदसहित पक्राउ गरेको छ ।प्रहरीलेविशेष सूचनाको आधारमा अठ्सठ्ठी लाख रुपैंयासहित विभिन्न मालसामान बरामद गरेको हो ।

    प्रहरीले जनाए अनुसार  मिति २०८१।०९।०२ गते पौने दशबजेको समयमा काठमाडौ महानगरपालिका  वडा नं ९ एयरपोर्ट शम्भुमार्ग स्थित सडक खण्डमा अवैध रुपमा हुण्डी कारोबार भई रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटि गएको प्रहरी टोलीले शंका लागि सोही स्थानमा रोकी राखेको प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको सेतो रङको  हुन्डाई कम्पनीको क्रेटा कारलाई चेकजाँच गर्ने क्रममा चार जनाको साथबाट नेपाली नगद रू अठ्सठ्ठी लाख रुपैंया  र रकम उल्लेख गरिएका चेक थान ५ सहित फेला पारी रितपूर्वक बरामद गरी नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ संशोधित  १२५९क० बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भई रहेको छ ।

     पक्राउ परेका व्यक्तिहरुमा  काठमाडौ महानगरपालिका  वडा नं  ३२ दोभानपुल घर भई बस्ने बर्ष ४६ को राज कुमार माली , काठमाडौ महानगरपालिका  वडा नं १० नयाँ बानेश्वर घर भई बस्ने बर्ष १८ को आवाद सिंह ,  झापा विर्तामोड नपा वडा नं ५ घर हुने वर्ष २७ को युवराज सुवेदी , र  झापा अर्जुनधारा नपा ७ घर भई हाल काठमाडौ महानगरपालिका  वडा नं  ७ बस्ने बर्ष ३२ को प्रवेश कुमार पौडेल रहेका छन् ।

    यसैगरी प्रहरीले उनीहरूबाट    स्रोत नखुलेको नेपाली नगद रू अठ्सठ्ठी लाख रुपैंया,    रकम उल्लेख गरिएका चेक थान ५,  मोबाइल थान ५,   प्रदेश ३-०१-०२२ च १९७२ नंको सेतो रङको हुन्डाई कम्पनीको क्रेटा कार बरामद गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका सूचना अधिकारी नवराज अधिकारीले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij