Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

  • काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यस दिन नेपाल एसबिआई बैंक र तारागाउँ रिजेन्सी होटल्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीले पुस ७ गते अर्थात आइतबार बुकक्लोज गर्दैछन ।  यस आधारमा आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन । 

    नेपाल एसबिआई बैंकले पुस २१ गते, आइतवार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

    सभाले हाल कायम चुक्ता पूँजीको ३ दशमलव ८० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६ दशमलव ८५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पातिर गर्नेछ । यसका साथै सभाले मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

    त्यसैगरी, तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले पुस २४ गते, नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडाँमा २८ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij