
काठमाडौँ । काठमाडौँ प्रहरीले साढे छब्बीस लाख नगदसहितका सामानका साथ भारतीय नागरिकसमेत हुण्डी कारोबारमा संग्लन चार जनालाई पक्राउ गरेको छ ।श्री बालाजी इम्पोर्ट प्रालिका सञ्चालक समेत रहेका गुल्मी तम्घास नगरपालिका वडान ४ स्थायी घर भएका भेषराज पाण्डेसहित चार जना पक्राउ परेका हुन् ।
प्रहरीले मंसिर ३ गते भेषराज पाण्डेको श्री बालाजी इम्पोर्ट प्रालिमा हुण्डीको कारोबार भइरहेको जानकारी पाएपछि खोजतलाश गर्दा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका सूचना अधिकारी नवराज अधिकारीले जनाएका हुन् ।
सूचना अधिकारी नवराज अधिकारीले जारी गरेको विज्ञप्ति अनुसार ५२ वर्षीय पाण्डे लगायत पक्राउ परेका भारतको राजस्थान श्रीढुगरगढ भएका ५२ वर्षीय बस्नत कुमार राठी , काठमाडौँ महानगरपालिका वडान १ कमलपोखरी बस्ने ३५ वर्षीय प्रनिश थापा र काठमाडौँ महानगरपालिका वडा न १६ बस्ने ५२ वर्षीय सुरेश अधिकारीको शरीर तलाशी गर्दा २६ लाख ५० हजार नगद र ५ थान मोबाइल बरामद भएको थियो ।उनीहरूको अनुसन्धान गौशाला प्रहरी वृतमा भइरहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij