Logo

Apr 29 2025 | २०८२, वैशाख १७गते

Apr 29 2025 | २०८२, वैशाख १७गते

images

लिडिङ दि इनर्जी प्रस्पोरेटी नाराका साथ इप्पान स्थापनाको रजत जयन्ती समारोहको तयारीमा

लिडिङ दि इनर्जी प्रस्पोरेटी नाराका साथ इप्पान स्थापनाको रजत जयन्ती समारोहको तयारीमा

  • काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूले ऊर्जा समृद्धि बढाउँदै जाऔँ (लिडिङ दि इनर्जी प्रस्पोरेटी)नारा अगाडि बढाउन लागेका छन् ।ऊर्जा उत्पादकहरूको छाता संगगठन इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान रजत जयन्ती, २०८१’ विभिन्न कार्यक्रमहरूका साथ मनाउन लागेको जनाएको हो ।

    इप्पानले आफ्नो स्थापनाको २५ औ वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउन लागेको र यसका तयारी शुरु भइसकेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरु इप्पानका सदस्य रहेका छन् ।

    ippan1.jpeg

    वि.स. २०५७ साल माघ ४ गते स्थापना भएको इप्पानले २५ वर्षको अवधिमा  लोडसेडिङ मुक्त गराउन  र विद्युत निर्यातकर्ता मुलुक बनाउन महत्वपूर्ण योगदान दिएको इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले बताए ।आगामी माघ ४ गते काठमाडौंको होटल मेरियटमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन  गर्ने रजत जयन्ती समारोहमा अर्थमन्त्री, ऊर्जामन्त्री, पूर्व ऊर्जामन्त्रीहरु लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहने डाँगीले जानकारी दिए ।

    रजत जयन्तीमा तीनवटा प्राविधिक सत्रहरु रहने इप्पानले जनाएको छ । नेपाल सरकारसहित सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा ‘नेभिगेटिङ च्यालेन्जिज एन्ड अनलकिङ अपरचुनिटिज इन इनर्जी सेक्टर’ सरकार, निजी क्षेत्र र विज्ञहरुको सहभागितामा ‘सेपिङ द फ्युचर स्ट्रेटजिज एन्ड रोडम्याप फर इनर्जी सेक्टर र पूर्वऊर्जामन्त्री, पूर्वअर्थमन्त्री, पूर्वमन्त्री, विषय विज्ञसहित नीति निर्माताहरुको सहभागितामा‘ ड्राइभिङ इकोनोमिक एन्ड सोसल ट्रान्सफर्मेशन थ्रू इनर्जी’ विषयमा प्यानल डिस्कसन कार्यक्रम तय गरिएको छ ।

    उक्त सेसनहरुमा ऊर्जाका स्थानीयदेखि संघीयसम्मका समस्या, चुनौती, अवसर, ऊर्जा क्षेत्रको आगामी मार्गचित्र, ऊर्जा नीतिहरु, तथा ऊर्जा आयोजनाले सामाजिक तथा आर्थिक क्षेत्रमा पु¥याएको योगदानवारे मन्थन हुने इप्पानका महासचिव बलराम खतिवडाले जानकारी दिए ।

    त्यस्तै रजत जयन्तीको पूर्व सन्ध्यामा विभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गर्ने क्रममा फूटसल तथा ब्याडमिन्टन प्रतियोगिता, रक्तदान कार्यक्रम, इभी ¥याली, निबन्ध लेखन प्रतियोगिता, छोटो वृत्तचित्र निर्माण प्रतियोगिता र फोटो प्रतियोगिता आयोजना गरिने इप्पानले जनाएको छ ।फूटसल तथा ब्याडमिन्टन प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टोलीलाई क्रमशः ३० हजार,२० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यसको लागि टिम दर्ता खुला भइसकेको र प्रतियोगिता यहि पुस २६ र २७ गते हुने जानकारी खतिवडाले बताए ।

    यसैगरी निबन्ध लेखन प्रतियोगिताका लागि निबन्धहरु माग भइसकेको र पुस १५ गतेसम्म प्राप्त निबन्धहरु मध्ये उत्कृष्ट १० वटा निबन्धहरुलाई पुस २० गते प्रस्तुतीकरण गर्न लगाइने र प्रस्तुतीकरणमा पहिलो, दोस्रो र तेस्रो हुने निबन्धले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।

    त्यस्तै छोटो वृत्तचित्र र फोटो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने व्यक्ति÷कम्पनीलाई क्रमशः ३० हजार,२० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसको लागि पनि प्रस्ताव आह्वान भइसकेको र पुस १५ गतेसम्म फोटो भिडियो पठाइसक्नुपर्ने इप्पानले जनाएको छ । फोटो भिडियो प्रतियोगिताको सहआयोजकको रुपमा पीजे क्लव रहेको छ । सबै प्रतियोगिताको विजेता÷उपविजेता विषय विज्ञसहितको निर्णायक समितिमार्फत चयन गरिने इप्पानले जानकारी दिएको छ ।

    त्यस्तै पूर्व सन्ध्यामा हुने अन्य कार्यक्रमहरुमा माघ २ गते रक्तदान र माघ ३ गते ईभी ¥याली आयोजना हुने पनि जनाइएको छ ।

    रजत जयन्तीका सम्पूर्ण ् कार्यक्रमहरु भव्यरुपमा सम्पन्न गर्न इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । उक्त समितिमा उपाध्यक्षहरु आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, भरतबहादुर खत्री, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, सचिव कविता कंडेल, कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्त, कार्यसमिति सदस्य उत्तरकुमार श्रेष्ठ र सुमन जोशी रहेका छन् ।

    त्यस्तै स्मारिका प्रकाशनका लागि महासचिव बलराम खतिवडाको संयोजकत्वमा समिति गठन गरिएको छ । अन्य समितिहरुमा आर्थिक व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्त, सत्र व्यवस्थापन समितिको संयोजकमा उपाध्यक्ष आनन्द चौधरी, पुरस्कार÷अवार्ड व्यवस्थापन समितिको संयोजकमा उपाध्यक्ष उत्तम भ्लोन लामा, अतिरिक्त क्रियाकलाप व्यवस्थापन समितिको संयोजकमा उपाध्यक्ष रामप्रसाद आचार्य, ईभी ¥यालीको संयोजकमा उपाध्यक्ष भरतबहादुर खत्री, रजत जयन्ती अवधारणा निर्माणको संयोजकमा उपाध्यक्ष आशिष गर्ग, मञ्च व्यवस्थापन समितिको संयोजकमा उपमहासचिव प्रकाश दुलाल र अतिथि सत्कार व्यवस्थापन समितिको संयोजकमा सचिव कविता कंडेल रहेका छन् । 

    देशको कुल विद्युत जडित क्षमता करिब ३३०० मेगावाट पुग्दा निजी क्षेत्रको सहभागीतामा मात्रै २६०० मेगावाट अर्थात कुल जडित क्षमताको करिव ८० प्रतिशत विद्युत उत्पादन हुनुका साथै करिब ४१०० मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन र ४३०० मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न गरी वित्तिय व्यवस्थापनको पर्खाइमा रहेका छन् । 

    त्यस्तै १२ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरु पीपीएको पर्खाइमा रहेका छन् भने त्यतिनै क्षमताका आयोजनाहरु अध्ययनको विभभिन्न चरणमा रहेका छन् । यी आयोजनाहरुको अध्ययन देखि निर्माणसम्मका विभिन्न चरणमा निजी क्षेत्रको अगुवाइमा १५ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने सरकारलाई वार्षिक खर्बौ रुपैयाँ रोयल्टी तिर्दै अर्थतन्त्रमा उल्लेखनीय योगदान पनि पु¥याइरहेको छ । गाउँगाउँमा बाटोघाटो, पुलपुलेसा पु¥याउँदै स्थानीयस्तरमा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठूलो रकम सामाजिक उत्तरदायित्व अन्तर्गत निजी क्षेत्रले खर्च गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij