Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

दुई चार घन्टा लोडसेडिङको नाउँमा सिमेन्ट उद्योगले मूल्य बढाउन पाउने दाबी गलत भएको सरोकारवालाहरूको भनाइ

दुई चार घन्टा लोडसेडिङको नाउँमा सिमेन्ट उद्योगले मूल्य बढाउन पाउने दाबी गलत भएको सरोकारवालाहरूको भनाइ

  • काठमाडौँ । दुई चार घन्टाको लोडसेडिङको नाउँमा सिमेन्ट उद्योगले मूल्य बढाउन पाउने दाबी गलत भएको सरोकारवाला विज्ञहरूले बताएका छन् ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई चार घन्टा लोडसेडिङको नाउँमा सिमेन्ट उद्योगले मूल्य बढाउन पाउने दाबी गलत भएको बताएका हुन् ।

    नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा लोडसेडिङको समस्या प्राथमिकतामा रहेको बताउँदै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।पूर्वाधार क्षेत्रमा कुन आयोजनालाई प्राथमिकता दिनुपर्ने हो, त्यसलाई अगाडि बढाउनुपर्ने आवश्यक रहेको बताउँदै  घिसिङले  पूर्वाधार क्षेत्रमा सबैभन्दा ठुलो योगदान जलविद्युतबाट भएको बताए ।

     प्राधिकरणले लोडसेडिङ नगरेको बताउँदै घिसिङले भने, ‘विद्युत् प्राधिकरणलाई नाफा भयो भने सबै दुःखी हुने र घाटा भयो भने रमाउने अनि खुसी हुने प्रवृत्ति छ । हामीले लोडसेडिङ गरेका होइनौं, यो प्राविधिक समस्या हो । यो समस्या आइरहन्छ ।’घिसिङले अहिले लोडसेडिङ नभएर आयोजनाहरूमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए ।उनले माथिल्लो तामाकोशी र कालीगण्डकी बन्ने बित्तिकै लोडसेडिङ समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

     व्यस्त समयमा केही मात्रै उद्योगको लाईन काटेको जिकिर गर्दै त्यो समयमा नागरिकलाई सहज बनाएको बताए । उनले उद्योगीहरुले त्यही  व्यस्त समयमै विद्युत काट्यो भनेर बखेडा झिकेको बताए ।उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरू धेरै रहेको बताए । उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरूले दिनको विकल्प नभएको बताए ।

    घिसिङले दुई÷चार घण्टा बत्ती कम आयो भन्दैमा सिमेन्टको मूल्य बढाउन नपाइने बताउँदै २४ सै घण्टा लाइन दिँदा पनि ८ घण्टाभन्दा बढी उद्योग चल्ने अवस्था नभएको तर्क प्रस्तुत गरे ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij