Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले २५ करोडको आइपीओ जारी गर्ने

शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट कम्पनीले २५ करोडको आइपीओ जारी गर्ने

  •  

    images

    काठमाडौं ।  शिव शंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेड कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र शिव शंकर हाइड्रो इन्भेष्टमेन्टका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका हुन् । 

    शिव शंकर हाइड्रो  इन्भेष्टमेन्ट कम्पनीले सर्वसाधारणका लागि १ सय रुपैयाँ अंकित दरका २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । शिव शंकर हाइड्रो  इन्भेष्टमेन्ट, शिव शंकर इन्भेष्टमेन्ट र जय गणेश इन्भेष्टमेन्ट कम्पनी एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो । जसले मुख्यतया जलविद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ । 

    हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुंगल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलबिद्युत कम्पनीहरुमा लगानी गरेको छ । जसमध्ये पहिलो ३ कम्पनीहरु संचालनमा आइसकेको र प्राथमिक सेयर निष्कासनको प्रकृयाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भईसकेको कम्पनीले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij